विश्वकपले उत्तर अमेरिकी फुटबल उकास्ला ?
sports

विश्वकपले उत्तर अमेरिकी फुटबल उकास्ला ?

सञ्जीवनीTuesday, 19 May 2026

उत्तर अमेरिकालाई त्यस्तो क्षेत्र मानिएको छ, जसलाई सायद धेरै हदसम्म विश्व फुटबलले छुन सकेको छैन । पछिल्ला केही दशक यो क्षेत्रमा फुटबलको जग त बसेको छ, यस्तोमा अब के विश्वकप २०२६ को आयोजनाले उत्तर अमेरिकामा फुटबललाई उकास्ने छ त ? पछिल्लो दशकमा एक दर्जन जति मेजर लिग सकरका रंगशाला निर्माण भएका छन् । यसमै एउटा पर्छ, मियामीको नु स्टेडियम । यो लियोलन मेसीको नयाँ घर हो भन्दा पनि हुन्छ । यहाँ फुटबलप्रतिको उत्साह अगाध देखिन्छ । लस एन्जलसकै स्पोटर््स बारतिर छिर्नुपर्छ, बिहान सबेरै हुने इंग्लिस प्रिमियर लिगका समर्थक अपार भेटिन्छन् ।

यसमध्ये धेरै अमेरिकी नै छन् । सन् ९० को दशकतिर अमेरिकाले महिला विश्वकप जित्दाकी प्रमुख खेलाडी हुन्, मिया हाम । अमेरिकातिर आफूलाई मनपर्ने क्लबको जर्सी लगाउनेको संख्या धेरै बढेको देखेर उनी मख्ख छिन् ।उनी भन्छिन्, ‘जतिबेला मैले भर्खर फुटबल खेल्न सुरु गरेकी थिएँ, त्यतिबेला यस्तो थिएन । त्यो बेला थोरै संख्याका फुटबल समर्थक हुन्थे, तर अब भने लस एन्जलसको बाटोतिर हिँड्नुपर्छ, त्यहाँ भेटिने अधिकांशलाई विश्व फुटबलमा के भइरहेको छ, थाहा हुन्छ। केही अगाडिसम्म अमेरिकी खेलप्रेमीलाई उनको सबैभन्दा मनपर्ने एउटा खास खेलबारे सोध्नुपर्छ, फुटबल सम्भवतः तेस्रो स्थानमा आउने गर्थ्यो ।

Related Stories

Built with v0