मेरो नेपाल
पुर्व मेचीदेखी पश्चिम महाकाली सम्म र उत्तर हिमालदेखी दक्षिण तराइ सम्म १,४७,१८१ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको मेरो देश नेपाल भाैगोलिक विविधताले भरिपुर्ण छ । सुनझैं लहलह झुलेका धानका बाला र मुनालको मनोरम नृत्यका साथै विभिन्न संस्कृति र नाैला भेषभुषा हेर्दै तराइबाट उकालो लाग्दा पहाडमा आएर मनै लोभ्याउने झरना र स्वर्ग नै पुगेजस्ता प्राकृतिक दृश्यका अवलोकन गर्नुका साथै र्याफ्टिङ र बञ्जीको आनज्द लिएर फेरि हिमाल पुग्दा टल्कने हिमाल र नाैरङ्गी डाँफेको दृश्यका साथै त्यो भेगका माैलिक रहनसहन ; आहा ! मेरो देश पहिलो र दोस्रो विश्वयुद्दबाट मेरा पिता / पुर्खाले बँचाएका देश , मन्दिरै मन्दिरको देश , एसियाकै सबैभन्दा लामो गुफा गुप्तेश्वर गुफा भएको देश , बम/ बारूद र आधुनिक अश्त्रबाट ढुङ्गामुढा र खुकुरीबाट आफ्नो देशलाइ जोगाएका वीर गोर्खालीको देश । प्राकृतिक सम्पदा र साँस्कृतिक सम्पदाको साथै जलसम्पदामा पनि धनी मेरो देश नेपालमा १४२ जातजातीका , १२४ , भाषाभाषिका र १० प्रमुख धर्म मान्ने मान्छेहरू बसोबास गर्छन् ।
चार जात छत्तिस वर्णको साझा फुलबारी मेरो देश नेपाल स्वर्गबाट टुक्रिएको एउटा टुक्रा हो । शान्तिका अग्रदुत गाैतम बुद्द जन्मेको मेरो देश नेपालले विश्वको ०. ०३ प्रतिशत भु - भाग ओगटेको छ भने सीता र भृकुटि जस्ता इतिहास रचेका छोरिहरू पनि नेपालले नै जन्माएको हो । नेपाल एक भु - परिवेष्ठित राष्ट्र हो । नेपाल एक धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गरिएपनि करिब ८० प्रतिशत भन्दा धेरै नेपाली अंझै हिन्दु धर्म नै मान्छन् । यहाँका वनजङ्गलमा करीब ८०० भन्दा बढि जातिका जडिबुटि र ९०० भन्दा बढि जातिका चराचुरूङ्गी पाइन्छन् भने यिनका शंरक्षणका लागि ६ वटा वन्यजन्तु शंरक्षण क्षेत्रहरू रहेका छन् । नेपालमा २,९१,९२,४८० जनसंख्या रहेका छन् जसमध्ये पुरूषको संख्या भन्दा महिलाको संख्या ६ लाख भन्दा नि बढि रहेको छ ।




