विश्वकप तयारीमा इरान : बहुप्रवेशी भिसा मुख्य चासो
sports

विश्वकप तयारीमा इरान : बहुप्रवेशी भिसा मुख्य चासो

सञ्जीवनीFriday, 29 May 2026

तेहरान । सन् २०२६ को फिफा विश्वकपलाई लक्षित गर्दै इरानले आफ्ना राष्ट्रिय टोलीका खेलाडीका लागि बहुप्रवेशी (मल्टिपल इन्ट्री) भिसा उपलब्ध गराइने अपेक्षा गरेको जनाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग यस विषयमा सकारात्मक छलफल भइरहेको इरानी फुटबल महासंघले जनाएको हो । इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले खेलाडीहरूलाई अमेरिका प्रवेश गर्न र पुनः आयोजक राष्ट्र मेक्सिको फर्किन सहज वातावरण बनाउन बहुप्रवेशी भिसा आवश्यक रहेको बताएका छन् । उनले फिफाले यस विषयलाई गम्भीर रूपमा लिएको र आवश्यक सहजीकरणको तयारी भइरहेको उल्लेख गरे । इरान यसअघि नै विश्वकपका लागि छनोट भइसकेको टोली हो । टोलीलाई ‘टिम मेली’ नामले चिनिन्छ ।

सुरुमा इरानले आफ्नो प्रशिक्षण शिविर मेक्सिकोमा राख्ने योजना बनाएको भए पनि पछि अमेरिका र क्यानडासँग संयुक्त रूपमा आयोजना हुने विश्वकपको संरचनाअनुसार तयारी रणनीतिमा फेरबदल गरिएको बताइएको छ ।

अमेरिका र इरानबीचको राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रियालाई लिएर चासो बढिरहेका बेला फिफाले खेलकुद गतिविधिलाई असर नपर्ने गरी सहजीकरण गर्ने विश्वास व्यक्त गरिएको छ ।

Related Stories

Built with v0