अमेरिकाविरुद्ध नेपालको शानदार जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकाल्यो । लिग–२ मा बलियो देखिएको अमेरिकाविरुद्ध नेपाल शनिबार खम्बा बनेर उभियो ।अमेरिकामाथि जित निकाल्दा नेपालको टप अर्डर ब्याटिङ शानदार रह्यो । पछिल्लो समय टाउको दुखाई बन्दै आएको टपअर्डर ब्याटिङले शनिबार भने आश फर्काउन सफल भयो ।पछिल्लो समय ओपनिङसहित टपअर्डर फ्लप हुँदा नेपाल धेरै खेलमा पराजित हुँदै आएको छ । लिग–२ अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको टपअर्डर ब्याटिङ लामो समयदेखि धरासायी बन्दै आएको छ । त्यसकारण पनि नेपालले नयाँ खेलाडीको प्रयोग गर्दै आएको छ ।
केही दिनअघि मात्रै भएको नेपाल–ओमन–यूएई सिरिजको पहिलो दुई खेलमा आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । दुवै खेलमा सुरुवात राम्रो हुन सकेन । पहिलो खेलमा ८ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो खेलमा एक रनमै पहिलो विकेट गुमाउन पुग्यो ।त्यसपछि तेस्रो खेलमा ओपनिङ जोडी परिवर्तन भयो । तेस्रो खेलमा यूएईविरुद्ध विनोद भण्डारी र अर्जुन कुमालले ओपनिङ गरे । उक्त खेलमा २५ रनमा नेपालले पहिलो विकेट गुमायो । चौथो खेलमा पनि ओपनिङ जोडी परिवर्तन भयो ।

.jpeg)


