व्यापार क्षेत्रमा नयाँ उत्साह, बजार गतिविधी बढ्दो
पोखरा लगायत देशका विभिन्न शहरहरूमा पछिल्लो समय व्यापारिक गतिविधी बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । विशेष गरी कपडा,खादृाान्न, इलेक्ट्रोनिक्स तथा होटल व्यवसायमा ग्राहकको चहलपहल बढेको देखिएको छ । व्यापारीहरूका अनुसार पर्यटन माैसम सुरू भएसँगै बजारमा किनमेल गर्नेहरूको संख्या बढेको हो । स्थानीय व्यवसायीहरूले अनलाइन व्यापारको प्रयोग पनि बढाउँदै लगेका छन् , जसका कारण साना व्यवसायले समेत राम्रो आम्दानी गर्न थालेका छन् । यसैबिच केही व्यवसायीहरूले बजारमा बढ्दो महँगी र यातायात खर्चका कारण सामानको मुल्य वृद्धि भएको बताएका छन् । उपभोक्ताहरूले भने दैनिक उपभोग्य वस्तुको मुल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । पोखरा चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका प्रतिनिधीहरूले स्थानीय उत्पादनको प्रयोग बढाउनसके व्यापार क्षेत्र अझ बलियो हुने बताएका छन् । साथै , युवाहरुलाई उदृामशीलतामा आकर्षित गर्न विभिन्न तालिम तथा सहुलियत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ ।



