सम्झौता उल्लंघनमा उद्योगमन्त्रीको कडाइ: बालाजु औद्योगिक क्षेत्रमा कम्पनीलाई गेटमै सूचना टाँस
politics

सम्झौता उल्लंघनमा उद्योगमन्त्रीको कडाइ: बालाजु औद्योगिक क्षेत्रमा कम्पनीलाई गेटमै सूचना टाँस

सञ्जीवनीWednesday, 5 August 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक क्षेत्रभित्र भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि त्यसको कार्यान्वयन सुरु भएको छ। सोही निर्देशनअनुसार बालाजु शाखा कार्यालयले कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा.लि. ले सम्झौताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण तथा आवश्यक कारबाही प्रक्रियाअन्तर्गत पत्र पठाएको जनाएको छ। कार्यालयका अनुसार कम्पनीले उक्त पत्र बुझ्न अस्वीकार गरेपछि कानुनी प्रक्रिया पूरा गर्दै उद्योग परिसरको मुख्य गेटमै सूचना टाँस गरिएको छ। पत्र टाँस गरिसकेपछि त्यसको मुचुल्कासमेत तयार गरिएको कार्यालयले जनाएको छ।

मन्त्रालयको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौताअनुसार दायित्व पूरा गरे–नगरेको विषयमा अनुगमनलाई तीव्र बनाइएको छ। सम्झौताको उल्लंघन गर्ने उद्योग तथा कम्पनीमाथि प्रचलित कानुन र सम्झौताअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सम्बन्धित अधिकारीहरूले बताएका छन्। यस कदमलाई औद्योगिक क्षेत्रको अनुशासन कायम गर्ने, सरकारी सम्पत्तिको प्रभावकारी उपयोग सुनिश्चित गर्ने तथा सम्झौता कार्यान्वयनलाई थप जिम्मेवार बनाउने प्रयासका रूपमा हेरिएको छ।

Related Stories

Built with v0
सम्झौता उल्लंघनमा उद्योगमन्त्रीको कडाइ: बालाजु औद्योगिक क्षेत्रमा कम्पनीलाई गेटमै सूचना टाँस | Manthan Khabar