‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया तीव्र बनेको छ ।सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले हाल नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा रहने प्रस्तावित बाँधस्थलसम्म जोड्ने पहुँचमार्ग खन्ने काम सुरु गरेको छ । कुल पाँच किलोमिटर ५०० मिटर लामो पहुँचमार्गमध्ये हालसम्म दुई किलोमिटर खण्डको काम सम्पन्न भइसकेको छ भने कर्मचारी आवासका लागि आवश्यक भवन समेत तयार भएको छ ।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईका अनुसार हाल विद्युत्गृह निर्माण स्थलसम्म सडक पुर्याउन र जमिन तयार पार्न पहाड काट्ने काम भइरहेको छ । ‘पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ,’ भट्टराईले भने । यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसको अनुमानित लागत एक अर्ब ८० करोड रुपैयाँ रहेको छ । आयोजनामा बाँधदेखि चार किलोमिटर २०० मिटर लामो पाइपलाइनमार्फत



