‘ग्रीन हिमालय फार्म स्टे’
२ करोड लगानीमा फार्मस्टे सञ्चालन सुविधा र अवसरको खोजीमा गाउँ छाडेर शहर र विदेश पस्नेहरूको लहर जारी छ । तर तनहुँको भानु नगरपालिका–९ चितीकी गीता अधिकारी भने काठमाडौं सतुंगलको अढाइतले घर बेचेर गाउँमा फार्म स्टे चलाइरहेकी छिन् ।गाउँ छाडेको झण्डै २५ वर्षपछि गाउँमै फर्किएकी गीताले तनहुँको अर्चलधारा भन्ने ठाउँबाट करिब डेढ किलोमिटर भित्र ‘ग्रीन हिमालय फार्म स्टे’ सन्चालन गरेकी छन् ।‘सुरुमा सामान्य हिसाबले गाउँमै बस्ने, तरकारी फलफूल रोप्ने मात्रै योजना थियो तर पछि गाउँमा बस्दा नयाँ केही गरौं भन्ने सोच आयो र परम्परागत घरलाई मर्मत गरेर झण्डै २ करोड लगानी गरी फार्म स्टे सञ्चालन गरेँ,’ उनले भनिन् ।तनहुँको डुम्रे बजारबाट बेसिशहर जाने सडकखण्डको अर्चलधारा भन्ने ठाउँबाट १.३ किलोमिटर भित्र छ ‘ग्रीन हिमालय फार्म स्टे’ ।
परम्परा र आधुनिकताको मिश्रणयुक्त फार्म स्टेमार्फत् नयाँ पुस्तालाई समेत ग्रामिण पर्यटनसँग जोड्ने र नमूना सफल उद्यमी बन्ने लक्ष्य राखिएको छ ।



