technology

ट्रलीको युगदेखि सडकमा ईभीको वर्चस्वसम्म, तर चार्जिङ र ब्याट्रीकै चिन्ता

सञ्जीवनीTuesday, 12 May 2026

ट्रली बसबाट सुरु भएको नेपालको विद्युतीय यातायातको यात्रा आज अत्याधुनिक ‘स्मार्ट’ विद्युतीय कारसम्म आइपुगेको छ । हाल पेट्रोलियम पदार्थको बढ्दो मूल्यबिच त विद्युतीय सवारीमा धेरैको आकर्षण बढिरहेको छ । त्यसमाथि वातावरणीय प्रदूषणको चिन्तासँगै नागरिक सचेत हुन थालेपछि नेपाली सडकमा ईभीले राज गरिरहेको छ ।हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको कार्यदलले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदनअनुसार नेपालमा आयात हुने चारपाङ्ग्रे साना सवारीसाधनमध्ये ७६ प्रतिशत हिस्सा विद्युतीय सवारीले ओगटेका छन् ।

मन्त्रालयले कृष्णराज पन्थको संयोजकत्वमा बनाएको कार्यदलले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रवद्र्धनका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था, वर्तमान अवस्था, अवसर चुनौती र सम्भावनको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।यस प्रतिवेदनले नेपालका सडकमा गुड्ने सवारीको हिस्सा उल्लेख्य मात्रामा रहेको देखाएको हो ।

Related Stories

Built with v0