entertainment

टेरिया, दयाहाङ, सौगात अभिनित ‘मितज्यू’ को ट्रेलर सार्वजनिक

सञ्जीवनीWednesday, 13 May 2026

दयाहाङ राई, टेरिया मगर, सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मबारे जानकारी दिए ।जीएम मूभिज प्रडक्सनको ब्यानरमा बनेको फिल्मले ग्रामीण भेगमा यातायातको रुपमा प्रयोग हुने जिपका चालकको कथा भन्छ । मुख्य दुई पुरुष पात्रले एकापसमा मितेरी साइनो लगाएका छन् ।उनीहरु गाउँमा बनेको नयाँ बाटोमा गुड्ने गाडीका चालक हुन् ।

कसले चाँडो गन्तव्यमा गाडी पुर्‍याउने भन्ने प्रतिस्पर्धा उनीहरूबीच हुन्छ । त्यसबीच उनीहरूको सम्बन्धमा धेरै खाले उतारचढाव पनि आउँछ ।एकजना पात्र अर्को मितको घरमा जाँदा कुखुराको भाले बोकेर लिएर गएका हुन्छन् । त्यही क्रममा महिला पात्र (टेरिया)ले भाले मात्रै किन पोथी पनि ल्याउनुपथ्र्यो नि भनेर गाउँले शैलीमा बोल्छिन् ।यता उनीहरुले मित लगाएको कुरालाई हात हेर्ने ज्योतिषीले हल्का रुपमा नलिन आग्रह गर्छन् । फिल्ममा पात्रहरूबीचको लडाइ र मितको नाममा लगाइने कलंकको कथासम्म प्रस्तुत गरिएको छ ।कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो । सोही चलनलाई समेत फिल्ममा समावेश गरिएको छ । ट्रेलरमा पनि यो कुरा समावेश गरिएको छ ।

Related Stories

Built with v0