entertainment

ज्याकाराण्डाले सिँगारियो लेकसाइडको गौरीघाट

सञ्जीवनीWednesday, 13 May 2026

पर्यटकीय सहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकारण्डा फूलले ढकमक्क बनेको छ । सडक किनारमा फुलेका आकर्षक ज्याकारण्डा फूलले वातावरणलाई रमणीय बनाएको छ भने तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्न थालेको छ ।फेवाताल किनार नजिक रहेको गौरीघाट क्षेत्रमा फूल फुलेसँगै बिहानदेखि साँझसम्म घुम्न आउने मानिसहरूको चहलपहल बढेको छ । विशेषगरी युवायुवती, परिवार तथा विदेशी पर्यटकहरू ज्याकरण्डाको सौन्दर्यसँग रमाउँदै फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।हरेक वर्ष वैशाख–जेठ महिनामा ज्याकरण्डा फूल फुल्ने गर्छ । बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन् ।पर्यटकहरूका लागि अहिले गौरीघाट ‘फोटो स्पट’ को रूपमा परिचित बन्दै गएको छ । फेवाताल, हिमालको दृश्य र ज्याकारण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ ।

Related Stories

Built with v0