इतिहासको त्यो घाउ : सुगौली सन्धिको दुईसय वर्ष र भौगोलिक अखण्डताको प्रश्न
politics

इतिहासको त्यो घाउ : सुगौली सन्धिको दुईसय वर्ष र भौगोलिक अखण्डताको प्रश्न

सञ्जीवनीTuesday, 2 June 2026

सन् १८१६ मार्च ४ को त्यो कालो दिन , जसले नेपालको भुगोल मात्र खुम्च्याएन , नेपाली राष्ट्रियताको छातीमा एउटा कहिल्यै निको नहुने गहिरो घाउ छोडेर गयो। वीर पुर्खाका रगत र पसिनाले सिञ्चित टिस्टा देखि काँगडासम्मको विशाल साम्राज्यलाई सुगौली सन्धिको एउटै मसीले मेटाइदियो । आफ्नो कुल भु - भागको झन्डै एक तिहाई हिस्सा गुमाउनु परेको त्यो ऐतिहासिक त्रासदी केवल भुगोलको क्षति थिएन , त्यो त एउटा सार्वभौम मुलुकको आत्मसम्मान माथि लागेको ठुलो धक्का थियो। महाकाली पारिको कुमाउ , गढवाल , देहरादून र काँगडा गुम्दा पश्चिममा नेपालको सिमा संकुचित भयो भने पुर्वमा मेचीदेखि टिस्टा सम्मको उर्वर र रणनीतिक भुमि जसमा दार्जिलिङ र सिक्किम जस्ता क्षेत्रहरू समेटिएका थिए । ती सधैंका लागि टाढिए । दक्षिणका सम्भावनायुक्त तराईका भु - भागहरु खोसिए सुगौली सन्धिले तय गरेको मेची र महाकालीको सिमाना भित्र आजको नेपाल खुम्चिएको त छ तर विडम्बना के छ भने दुई शताब्दी वितिसक्दा पनि त्यो सिमा सुरक्षित र स्पष्ट हुन सकेको छैन।

इतिहासले सुगौली सन्धि मार्फत जुन नयाँ सिमाना कोर्यो , त्यसलाई पुर्ण रुपमा अक्षुण्ण राख्न नसक्नु र सिमा मिचिंदा पनि बलियो कुटनितिक प्रतिवाद गर्न नसक्नु आजको राजनीतिक नेतृत्वको सबैभन्दा ठूलो लाचारी हो । कालापानी , लिम्पियाधुरा , लिपुलेक र सुस्ता जस्ता क्षेत्रहरूमा आज पनि देखिने विवाद र अतिक्रमण सुगौली सन्धिकै कुटनितिक कमजोरीका विस्तारित रुप हुन् । हामीले गुमेको भुमि फिर्ता ल्याउने कुरा त टाढाको विषय बन्यो , सन्धिले तोकेको महाकाली नदिको मुहान र आफ्नै वास्तविक नक्सालाई अन्तर्राष्ट्रिय मञ्चमा अकाट्य प्रमाण सहित स्थापित गर्न पनि अझै संघर्ष गर्नु परिरहेको छ।

गुमेको भु - भाग केवल इतिहासका पानामा पढिने भुगोल मात्र होइन ; यो त हाम्रो पुर्खाको वीरता र वर्तमानको कुटनितिक उदासिनताको साक्षी पनि हो। अब इतिहासको रोदन र राष्ट्रवादको खोक्रो नाराले मात्र सिमानाको रक्षा हुन सक्दैन। सुगौली सन्धिका बुंदाहरु र त्यसले छोडेका विवादहरू लाई सम्बोधन गर्न नेपालले बलियो ऐतिहासिक दस्तावेज , तथ्य र प्रमाणका आधारमा छिमेकीसँग समदुरी र दृढ कुटनितिक संवाद गर्नैपर्छ। इतिहासको त्यो घाउलाई केवल दुखाइको रुपमा मात्र लिने कि त्यसबाट पाठ सिकेर आफ्नो बाँकी भुगोलको रक्षाका लागि राष्ट्रिय संकल्प निर्माण गर्ने?? यो प्रश्न आजको राजनीतिक नेतृत्व र प्रत्येक नागरिकको अगाडि टड्कारो बनेर उभिएको छ । पुर्खाले लडेर बचाएको र सन्धिले छाडेको भुगोलको रक्षा गर्नु नै इतिहासप्रतिको सच्चा सम्मान र भविष्य प्रतिको जिम्मेवारी हो ।

Related Stories

रास्वपामा सभापति निर्विरोध, अब ६ पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा: नेतृत्व चयनमा केन्द्रित राष्ट्रिय भेलाको चासो
politics

रास्वपामा सभापति निर्विरोध, अब ६ पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा: नेतृत्व चयनमा केन्द्रित राष्ट्रिय भेलाको चासो

रास्वपाको नयाँ नेतृत्व टोली कस्तो बन्छ र निर्वाचनबाट को-को जिम्मेवारीमा पुग्छन् भन्ने विषयले अब पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमै विशेष चासोको विषय बनेको छ।

सञ्जीवनी२०२६ जुन २५
Built with v0