entertainment

कुम्मायक–कुसायकको मेला -

सञ्जीवनीThursday, 7 May 2026

बुधवार बिहान पानी परीरहेको थियो । पाँचथरको यासोक बजारमा यही पानीमा रुझ्दै एउटा र्‍याली कुम्मायकतर्फ उकालियो । परम्परागत सांस्कृतिक पोसाकमा सजिएर च्याब्रुङ, नौमतीबाजा साकेला सहित पूजा सामाग्री बोकेर उकालो लाग्नेको सङ्ख्या उलेख्य थियो ।पाँचथरको कुम्मायक–कुसायकमा हरेक तीन वर्षमा विशेष पुँजा हुने गरेको छ । परापूर्वकालदेखि हरेक तीन वर्षमा हुने पूजाको अवसरमा ठुलो मेला समेत लाग्ने गर्छ ।

तङ्सुम तङ्नाम त्रीशाली पूजा तथा मेलाका कारण यासोक बजार झकिझकाउ र भरिभराउ बनेको छ ।कुम्मायकबाट पुँजा सकेर कुसायकतिर आउदा घाम लागेर मौसम चङ्गा भयो, र्‍याली वृहत् देखियो । कुम्मायकमा नैबेदले पूजा गरिन्छ भने कुसायकमा बलि दिने गरेको पाइन्छ । कुम्मायक–कुसायकको दर्शन तथा भाकल पुरा गर्न विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् । केही दिन अगाडीदेखिनै दर्शनार्थीहरू यासोक आएका थिए ।‘४०/५० जना आएका छौं । भाकल थियो, त्यही पुरा गर्न आएका हौँ । तेस्रो पल्ट भयो यहाँ आएको’ धनकुटाको बुढिमोरङबाट आएकी पार्वती इवाले भनिन, ‘कामनागरेको कुरा पुरा भएको अनुभव गरेका छौँ ।’यो पूजाको लामो इतिहास भएको बताइन्छ ।

Related Stories

Built with v0