साढे ४ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक, तीन मेसिन प्रयोग गरेर हटाइयो पहिरो
technology

साढे ४ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक, तीन मेसिन प्रयोग गरेर हटाइयो पहिरो

सञ्जीवनीTuesday, 28 July 2026

मुग्लिङ–नारायणगढ सडक खण्डमा खसेको सुक्खा पहिरो हटाइएपछि झण्डै साढे ४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार बिहान नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। पहिरोका कारण दुवैतर्फ सवारी साधन लामो समय रोकिँदा यात्रुहरूले सास्ती भोग्नुपरेको थियो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन तीन वटा हेभी मेसिन परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको ढुंगा, माटो र गेग्रान हटाएर दुवैतर्फबाट सवारी साधन सञ्चालनमा ल्याइएको हो।

सडक खुलेसँगै रोकिएका सवारी साधनहरू क्रमशः गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। यद्यपि सडक आसपासका पहाडी क्षेत्रमा अझै पहिरो खस्ने जोखिम रहेकाले चालकलाई सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। वर्षायामका कारण नारायणगढ–मुग्लिङ सडक खण्डमा बेला–बेलामा पहिरो खस्ने समस्या दोहोरिने भएकाले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि सुझाव दिइएको छ।

Related Stories

Built with v0